सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच भेट « Khabarhub

सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच भेट


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए । सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरे । ्र्नु

उनले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहीले यसै वर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गरेको न्यानो स्वागत र प्रदान गरेको हौसलाका लागि आभार व्यक्त गरे ।

सङ्घीय संसदमा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद्–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढीकरण गर्दै दुवै देशको समृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताए ।

उनले दुई देशबीच कृषि, जलविद्युत्, पर्यटन, सूचना–प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याएका थिए ।

राजदूत शाहले दुई देशबीच औपचारिक सम्बन्धले छ दशक पार गरेको र जनताजनताबीच लामो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको चर्चा गरे । उनले आफ्नो कार्यकालमा नेपालमा व्यापारलगायत क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पर्वतारोहण, जलविद्युतलगायत क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उनले बताएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ०५ बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार