लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित « Khabarhub

लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले संशोधन गर्न बनेको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। विधेयकको दफा ११० लाई निलम्बन गरेर प्रदेशसभामा विधेयक पारित गरिएको हो ।

यसअघि मन्त्री शाहले बैठकमा टेबुल गरेको विधेयकमाथि छलफल गरिएको थियो ।

प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराउनेसम्बन्धी व्यवस्था विधेयकमा छुटेकाले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको आवश्यकता परेको हो ।

आजको बैठकमा यस अघिका विभिन्न बैठकमा प्रदेशसभा सदस्यद्वारा उठाइएका विषयको जवाफ दिँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले मन्त्रालयबाट कोरोना भाइरसको सङ्क्रमण रोकथाम, व्यवस्थापनलगायत आवश्यक काम भइरहेको स्पष्ट पारे ।

मन्त्री सुवेदीले पछिल्ला दिनमा भारतमा बढेको कोरोना भाइरस सङ्क्रमणले सुदूरपश्चिम प्रदेशमा पनि जोखिम देखिएको भन्दै रोगको रोकथामका लागि प्रदेशका सीमा नाकामा उच्च सतर्कता अपनाइएको बताए ।

उनले प्रदेशका चारवटै सीमा नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य भइरहेको, सेती प्रादेशिक अस्पताल धनगढीमा थप ५० श्ययाको कोरोना विशेष अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको र हालसम्म प्रदेशमा एक लाख ९१ हजार ९८५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको सदनलाई जानकारी गराए । रासस

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ११ : ४५ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत