भारतमा एकै दिन करिव साढे तीन लाखमा कोरोना संक्रमण, २७६१ को मृत्यु « Khabarhub

भारतमा एकै दिन करिव साढे तीन लाखमा कोरोना संक्रमण, २७६१ को मृत्यु


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा मात्र करिव साढे तीन लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि शनिबार (हिजो) वैशाख ११ मा भारतमा दोस्रो धेरै घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४० लाख ७८ हजार ८१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८१ हजार ३७८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ७६१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ०१ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब