मलेसियामा जेल जीवन बिताएका १२ नेपाली स्वदेश फर्किए, अझै ३६ घरफिर्ती केन्द्रमा « Khabarhub

मलेसियामा जेल जीवन बिताएका १२ नेपाली स्वदेश फर्किए, अझै ३६ घरफिर्ती केन्द्रमा



दोहा- मलेसियामा विभिन्न मुद्दामा जेल परेका १२ जना नेपाली सजाय काटेर स्वदेश फर्किएका छन्। मलेसियाको कानून उलंघन गरेको आरोपमा पक्राउ परेका उनीहरू जेल सजाय कटाएर स्वदेश फर्किएका हुन् ।

त्यहाँको लेङक्याप घरफिर्ती केन्द्रमा रहेका १२ नेपालीको कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको नेपाली दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढ थापाले जानकारी दिए ।

दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयारी गरी क्वालालम्पुर–काठमाडौँ उडान मार्फत स्वदेश फर्काएको हो । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।

यस्तै मलेसियाको विभिन्न घर फिर्ती केन्द्रहरुमा अझै पनि ३६ जना नेपाली स्वदेश फिर्तीको तयारीमा रहेको र उनीहरुको पनि कानुनी प्रक्रिया पूरा गरी चाडै फिर्ता पठाइने उनले बताए ।

यसघि पनि दूतावासले जेल सजाय कटाएर घरफिर्ती केन्द्रमा रहेका २४ जनालाई नेपाल फर्काइएको थियो । पछिल्लो समय मलेसियामा पनि कोरोना महामारी बढेको करण स्वदेश फर्काउन थप समस्या भएको उनको भनाइ छ ।

धेरै नेपालीहरुले मलेसियाको रोजगारी कहिले खुल्छ भनेर प्रश्न गरिरहेको बताउँदै उनले खुल्ना साथ दूतावासले जानकारी गराउने समेत बताए । मलेसियामा हाल ३ लाख ५० हजार नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : ०४ बजे

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका