म्यानमारमा ‘सैन्य कू’लाई चीनले सहयोग गरेको आरोप « Khabarhub

म्यानमारमा ‘सैन्य कू’लाई चीनले सहयोग गरेको आरोप


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तराष्ट्रिय समुदायले निन्दा गरिरहेको ‘म्यानमार सैन्य कू’ लाई चीनले सहयोग गरेको आरोप लागेको छ ।

म्यानमारमा गत फेब्रुअरि १ मा नेतृ आङ सान सुकीलाई नियन्त्रणमा लिएर सेनाले कू गरेपछि विभिन्न आशंका तथा विश्लेषण भईरहेका छन् ।

म्यानमारमा सैन्य कूलाई चीनले सहयोग गरेको भन्दै लोकतन्त्रवादी समर्थकहरुले चीनको आलोचना गरिरहेका छन् ।

यसैबीच, म्यानमारमा चिनियाँ सेनाहरु अज्ञात रुपमा आईरहेको पनि आशंका गरिएको छ । चीनबाट पहिचान नखुलेको विमानमार्फत म्यानमारमा अज्ञात सामग्री पुर्‍याइएको अष्ट्रेलियन प्रबुद्ध समूह एएस्पीआईले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

चीनले म्यानमार सेनालाई सहयोग गरिरहेको र बिरोधीहरुलाई सामाजिक सञ्जालमा संगठित हुन नदिन कदम चालिरहेको भन्दै म्यानमारका विभिन्न सामाजिक सञ्जालमा पोष्टहरु सार्वजनिक भईरहेका छन् ।

नोभेम्बर ८ मा भएको निर्वाचनमा धाँधली गरेको भन्दै म्यानमारमा सेनाले नेतृ आङ सान सुकीलगायत विभिन्न नेताहरुलाई नियन्त्रणमा लिई सैन्य कू लागु गरेको छ । स्रोत : जी फाईभ

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ०६ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब