कांग्रेसले बोलायो पदाधिकारी बैठक | Khabarhub Khabarhub

कांग्रेसले बोलायो पदाधिकारी बैठक


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएको छ ।

पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनको तयारीका विषयमा बैठक केन्द्रित हुने सह–महामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए । आजको बैठकले सोमबार बस्ने केन्द्रीय समितिको बैठकका लागि साझा प्रस्ताव र धारणा तयार गर्ने नेताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रियसभाको उपनिर्वाचन, केन्द्र र प्रदेशको सत्ता समीकरण लगायत विषयमा समेत छलफल हुनेछ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ११ : १६ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू