विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग « Khabarhub

विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरका विद्याथीलाई जतिसक्दो कोभिड खोपको व्यवस्था गर्न माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले माग राखेका छन् ।

शनिबार कैलालीको अत्तरियामा बसेको सुदुरपश्चिम प्रदेशको बैठकमा उनले यस्तो माग राखेका हुन् ।

बैठकको प्रमुख अतिथिका रुपमा सहभागी भएका तामाङले मुलुक कोभिड आक्रान्त भएको बेला सरकार आफ्नो आयुको लम्याउन याचना गरिरहेको बताए ।

उनले भने, ‘देशका सिमा नाका असुरक्षित छन्, सीमा लक गरिएको छैन, यसले गर्दा सुदुरपश्चिमसहित देशभरका नागरिकको सुरक्षा जोखिममा परेको छ ।’

देशभर दुई महिने संगठन सुदृढीकरण अभियान घोषणा गरेको क्रान्तिकरीले सातवटै प्रदेशमा भेला बैठकलाई तिब्रता दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९