बारपाक सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा « Khabarhub

बारपाक सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरुका स्मृतिमा भूकम्प स्मृति दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

“विसं २०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएको गाउँपालिकाभित्र उक्त दिनको सम्झनामा बिदा दिइएको हो”, उनले भने, “भूकम्पलाई भुल्नेभन्दा पनि सम्झेर सधैँ सचेत र पूर्वतयारीमा सबै सदैव लाग्नुपर्छ ।”

गाउँ कार्यपालिकाको गत चैत २५ गते बसेको बैठकले भूकम्प स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिदाको दिन गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।

बारपाक सुलिकोट – १ र २ मा पर्ने भूकम्पको केन्द्रविन्दु बारपाक गाउँका एक हजार ४५० घरमध्ये भूकम्पबाट केही घरका ७२ जनाले ज्यान गुमाएका थिए ।

भूकम्प स्मृति दिवसका अवसरमा हरेक वर्ष बारपाकमा विभिन्न कार्यक्रम गरिँदै आए पनि यस वर्ष कोरोना सङ्क्रमण जोखिमका कारण कार्यक्रम स्थगन गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ५४ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि