कोरोना महामारीविरुद्ध परिचालित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन « Khabarhub

कोरोना महामारीविरुद्ध परिचालित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज बसेको एमालेको महाधिवेशन आयोजक कमिटिको बैठकमा ओलीले सीसीएमसीको बैठकले गरेको सिफारिस लगाएतका विषयमा जानकारी गराएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसबाहेक पार्टीको ह्रवीप उल्लंघन गर्ने सांसदहरुलाई कारबाही गर्ने विषय समेत बैठकमा सामान्य छलफल भएको ज्ञवालीले बताए ।

उनले स्पष्टीकरण सोधिएका नेताहरुलाई कस्तो कारबाही गर्ने भन्ने जिम्मा स्थायी कमिटिलाई दिइएको अबस्थामा कर्णाली प्रदेशमा जस्तै अन्य स्थानमा समेत फ्लोर क्रस हुनसक्ने विषयमा पनि छलफल भएको उनले बताए ।

यसैबीच बैठकमा सहभागी एक नेताका अनुसार कोरोनाको विषयमा प्रधानमन्त्री ओलीको मन्तव्यसँगै बैठक सकिएको हो । प्रधानमन्त्री ओलीले कोरोनाबाट जोगिएर जिल्ला जिल्लामा हेल्प डेस्क बनाउन समेत नेता कार्यकर्तालाई आग्रह गरेको उनले बताए । महाविधेशन आयोजक कमिटिको बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुका बारेमा सामान्य छलफल नभएको उनले बताए ।

त्यसअघि बसेको एमालेको स्थायी कमिटिको बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुका बारेमा छलफल भएको हुनसक्ने उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया