अदालतको आदेशविपरीत प्रहरीद्वारा अनलाइनको कार्यालय कब्जा « Khabarhub

अदालतको आदेशविपरीत प्रहरीद्वारा अनलाइनको कार्यालय कब्जा


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले अदालतको आदेशविपरीत अनलाइनको कार्यालय कब्जा गरेको छ ।

उज्यालोनेटवर्क डटकमको कार्यालयमा प्रहरीले घेरावन्दी गरेको हो ।

अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखिएको छ ।

अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङले प्रहरीले धरपकड गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कका पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चाहन्छु ।’

सो अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर धरपकड नगर्न प्रहरीको नाममा अदालतले आदेश दिइसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै