विद्यार्थीको मृत्यु भएपछि तिलोत्तमाका शैक्षिक संस्था बन्द « Khabarhub

विद्यार्थीको मृत्यु भएपछि तिलोत्तमाका शैक्षिक संस्था बन्द


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपेन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका प्यारामाउन्ट स्कुलमा अध्ययनरत छात्राको मृत्यु भएको छ ।

ज्वरो, रुघाखोजी लागेर बिरामी भएकी उनको उपचारका क्रममा मृत्यु भएपछि नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको छ ।

उनको स्वाव परीक्षणका लागि पठाए पनि कोरोना संक्रमण भए नभएको भने पुष्टि भएको छैन ।

कक्षा १० मा अध्ययनरत उनी प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बस्दै आएकी थिइन ।

छात्रालाई शुक्रबारदेखि ज्वोरो, रुघाखोकी लागेको विद्यालयले जानकारी गराएको नगरपालिकाको शिक्षा विभागका प्रमुख गंगाराम आचार्यले बताए । उनले घटनाका बारेमा बु्झ्दै गरेको र सबै शैक्षिक संस्था बन्द गर्न भनिएको बताएका छन् ।

बिरामी भएकी उनलाई शनिबार आफन्तले नजिकैको अस्पताल लगेका थिए। अस्पताल पुर्याइएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बालबालिका तथा युवा अवस्थाका व्यक्ति बढी जोखिममा परेको भन्दै आइतबार बसेको नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आजकै मितिदेखि लागु हुनेगरी नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु र परीक्षा अर्को निर्णय नहुँदासम्म लागि बन्द गर्ने निर्णय भएको आचार्यले बताए ।

नगरपालिकाले विद्यालयसँगै हाटबजार पनि अर्का सूचना नआएसम्मको लागि बन्द गर्ने निर्णय गरेको छ ।

मठमन्दिर गुम्बा लगायत धार्मिक स्थलहरुमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्ने र वित्तिय संस्था, सहकारी, पसल र होटल व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका आवश्यक मापदण्डलाई पूर्ण रुपमा पालना गर्न नगरपालिकाले आग्रह गरेको छ ।

त्यस्तै विवाह, व्रतवन्ध जस्ता क्रियाकलाप गर्दा आवश्यक भौतिक दुरी र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्नुपर्ने नगरपालिकाको भनाइ छ ।

No description available.

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ४३ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि