साथीको हत्या आरोपमा दुईजना पक्राउ « Khabarhub

साथीको हत्या आरोपमा दुईजना पक्राउ


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिकार खेल्न जाँदा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले मोरङ केराबारीबाट दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा गजेन्द्र राई र रूवीन लिम्बु छन् । प्रहरीले उनिहरुका साथबाट एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मन्जिल मुकारुङका अनुसार सिकार खेल्ने क्रममा गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–३ बस्ने ३२ वर्षीय हस्तबहादुर राई रहेका छन् ।

गत वैशाख ९ गते राईसहित सोही स्थान बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बु घरबाट बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ सिकार खेल्न गएका थिए ।

रातको अन्दाजी ९ बजे सिकार खेल्न गएका उनीहरुमध्ये गजेन्द्र राईले प्रहार गरेको बन्दुकको गोली लागेर हस्तबहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  २ : ५८ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान