उज्यालोनेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ « Khabarhub

उज्यालोनेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उज्यालोनेटवर्क डटकमको कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई उज्यालोनेटवर्क कार्यालयबाट प्रहरीले घेरावन्दी गरेर पक्राउ गरेको हो ।

अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेको थियो ।

पत्रकारहरुको विरोधकाबीच पत्रकार तामाङलाई पक्राउ गरेर प्रहरीले काठमाडौं प्रहरी परिसरमा पुर्याएको छ । यसअघि पत्रकार तामाङले प्रहरी उज्यालो नेटवर्कको कार्यालयमा प्रवेश गरेर आफूहरुमाथि धरपकड गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

उनले फेसबुकमा लेखेका थिए, ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चाहन्छु ।’

उनले प्रमाणसहित समाचार लेख्दा पनि धरपकड भएको बताएका छन् । उनले भनेका छन्, ‘खबर त्यो पनि प्रमाणसहित प्रसारण गर्दा फेरि अर्को मुद्दा दायर भएछ । म र मेरो खबरकर्मविरूद्ध खबरकर्मको मैदानबाट कहिले पनि पछि हट्ने छैन । जित सत्यकै हुनेछ ।’

सो अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर धरपकड नगर्न प्रहरीको नाममा अदालतले आदेश दिइसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै