परिचय खुलेका विदेशीलाई मात्र कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

परिचय खुलेका विदेशीलाई मात्र कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नेपालमा बसोबास गर्दै आएका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्र कोरोना परीक्षण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै देशभरका सबै प्रयोगशालाई यस्तो निर्देशन दिएको हो ।

नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा परीक्षण गर्न मात्रै नेपाल आएका त्यस्ता कुनै पनि विदेशी नागरिकलाई कोरोना परीक्षण नगर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यस किसिमले निरूत्साहित गर्दै बन्द गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयको निर्देशन विपरीत कुनै पनि प्रयोगशाला वा व्यक्तिहरुले परीक्षण गर्ने गराउने गरेका पाइएमा नियम अनुसार कारबाही समेत हुने मन्त्रालयको भनाइ छ ।

No description available.

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : ३५ बजे

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल