काठमाडौँ उपत्यकामा मात्रै थपिए १४९८ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा मात्रै थपिए १४९८ कोरोना संक्रमित


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार १३२, भक्तपुरमा ९६ र ललितपुरमा २७० जनामा गरी कुल १ हजार ४९८ जना थपिएको जानकारी दिएका हुन् ।

योसहित नेपहालमा एकै दिन ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै हाल भेन्टिलेटरमा ६५ जना रहेको मन्त्रालयले जनाएको छ। नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : १० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र