काठमाडौँ उपत्यकामा मात्रै थपिए १४९८ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा मात्रै थपिए १४९८ कोरोना संक्रमित


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार १३२, भक्तपुरमा ९६ र ललितपुरमा २७० जनामा गरी कुल १ हजार ४९८ जना थपिएको जानकारी दिएका हुन् ।

योसहित नेपहालमा एकै दिन ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै हाल भेन्टिलेटरमा ६५ जना रहेको मन्त्रालयले जनाएको छ। नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : १० बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला