सरकार गठन हुने अंकगणित तयार नभएसम्म कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगर्ने « Khabarhub

सरकार गठन हुने अंकगणित तयार नभएसम्म कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगर्ने


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ सरकार गठन हुने अंकगणित तयार नभएसम्म अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएको छ ।

आज बसेको पदाधिकारी बैठकपछि उपसभापति विमलेन्द्र नीधिले अविश्वासको प्रस्ताव पारि हुन नसके एक वर्षसम्म अर्को प्रस्ताव दर्ता गर्न नपाईने संवैधानिक व्यवस्थाका विषयमा कांग्रेस जानकार रहेको भन्दै अंकगणित नपुगेसम्म अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएका हुन् ।

उनले भने,‘ कांग्रेस केन्द्रीय समितिको निर्णय नै हो प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने । नयाँ सरकार गठनका लागि हामीले अहिले पनि पहल गरिरहेका छौं । संख्या नपुग्दै अविश्वासको प्रस्ताव दर्ता गर्ने भनेको बुद्धिमानी होइन । जबसम्म अविश्वासको प्रस्ताव पारित हुने अवस्था बन्दैन त्यो बेलासम्म कांग्रेसले दर्ता गर्दैन ।’

आजको पदाधिकारी बैठकमा सबै केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरेर मात्रै केन्द्रीय समितिको बैठक बस्ने समेत उनले जानकारी दिए ।

उपसभापति नीधिका अनुसार अहिलेसम्म कांग्रेसको आगामी महाविधेशनका लागि ६ लाख क्रियाशिल सदस्यको लिष्ट केन्द्रीय कार्यालयमा आइपुगेको भन्दै कतिपय जिल्लामा कोरोनाका कारण समस्या भएको जानकारी आएको र त्यसका बारेमा समेत आजको बैठकमा छलफल भएको छ ।

उनले भने,‘अहिलेसम्म देशभरबाट ६ लाख क्रियाशील सदस्यको विवरण केन्द्रीय कार्यालयमा आइसकेको छ । डिजिटल सिष्टममा अहिले पनि इन्ट्री भइरहेको छ । कोरोनाका कारण समस्या आएको भनेर जानकारी आएको छ त्यसमा बारेमा समेत छलफल गरेका छौं ।’

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ३४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९