साताको पहिलो दिन ७५.७९ अंकले घट्यो शेयर बजार « Khabarhub

साताको पहिलो दिन ७५.७९ अंकले घट्यो शेयर बजार


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ । कूल २१५ कम्पनीको एक करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर रु सात अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ मा खरिद बिक्री भए । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६१ अर्ब ७२ करोड ८७ लाख ५० हजार हाराहारीमा छ ।

कारोवार भएका १३ उपसमूहको सेयर नै ओरालो लागेको छ । बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४, जलविद्युत् ११२.४१, वित्त ४३.७७, निर्जीवन बीमा ४४०.८७, उत्पादन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, जीवन बीमा ४६०.०४, सामूहिक लगानी कोष ०.०९ र लगानी ३.३५ बिन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहयो । सो बैंकको ३९ करोड ५२ लाख ५२ हजार ६४० बराबरको कारोवार भयो ।

यस्तै, ज्योति लाइफ ३३ करोड ८५ लाख ६२ हजार ७२७, माथिल्लो तामाकोशी २५ करोड ९७ लाख २७ हजार ४४४, नबिल बैंक २० करोड ९७ लाख ८२ हजार ४०४ र एनआइसि एशिया बैंक २० करोड ५६ लाख ३० हजार ३७२ बराबरको कारोवार भयो ।

नेप्सेमा उच्च अङ्कको गिरावट देखिदा महिला लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरमा ९.९९ प्रतिशतको वृद्धि भएको छ । यस्तै, विशाल बजार कम्पनी ९.९७, कालिका पावर कम्पनी ३.४५, मिर्मिरे माइक्रोफाइनान्स ३.०५ र गुडविल फाइनान्सका लगानीकर्ताले ०.३८ प्रतिशतले कमाए । त्यस्तै,चन्द्रागिरि हिल्स ८.४३, नारायणी डेभलपमेन्ट बैंक ८.१९, रिडी हाइड्रोपावर ७.६६, युनियन हाइड्रोपावर ७.४३, ओरियण्टल होटलका लगानीकर्ताले ६.३६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ३२ बजे

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत