बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकिएर फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

धादिङका प्रकाश न्यौपानेको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दाका प्रतिवादी ध्रुवप्रसाद कँडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले जनाएको छ । उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १९ को फैसलाले धादिङको बेनीघाट रोलाङ्ग गाउँपालिका–५ बस्ने ४५वर्षीय कँडेललाई सात दिन कैद र रू १२ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो ।

उक्त सजाय बेरुजू रही फरार रहेकामा आजे काठमाडौँको नक्सालबाट उनलाइ पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सीआईवीका उपनिर्देशक गङ्गा पन्तले जानकारी दिए ।

प्रतिवादी कँडेलले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीमा रहेको खाताबाट भुक्तान हुने गरी रु १२ लाख को चेक काटी पीडित न्यौपानेलाई दिएका थिए ।

अदालतले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उक्त सजाय हुने फैसला गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : १५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि