मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कुसुमविसौनाका स्थानीयवासी २० वर्षीय भोला महतो र स्थानीयवासी २६ वर्षीय सुनिल शर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल आइतबार दिउँसो एकापसमा ठोक्कएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने दुवै मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई उपचारका लागि जनकपुर लग्ने क्रममा एक जनाको बाटोमै र अर्का युवकको जानकी हेल्थ केयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नंको मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष महतोसमेत गम्भीर घाइते भएको इप्रका ढल्केवरका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

उनको उपचार लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ । दुवैको शवपरीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ४६ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।