कोरोना जितेर कुवेतबाट स्वदेश फर्किइन् पूजा « Khabarhub

कोरोना जितेर कुवेतबाट स्वदेश फर्किइन् पूजा


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना भाइरस (कोभिड -१९)लाई जितेर कुवेतबाट एक नेपाली चेली स्वदेश फर्किएकी छिन् ।

लामो समयसम्म कुवेतमा बिरामी भएर नेपाल फर्किन चाहेकी झापाकी पूजा तामाङलाई गैरआवसीय नेपाली संघ(एनआरएनए) कुवेतले स्वदेश फर्काएको हो ।

केही समय अघि नै फर्काउन चाहेको भए पनि तामाङलाई कोरोना भाइरस संक्रमण देखिएको उनी नेपाल फर्किन पाएकी थिइनन् । उपचारपछि कोरोनालाई जितेर उनी संघको सहयोगमा स्वदेश फर्किएकी एनआरएनए कुवेतका महासचिव दिलकुमार पाख्रिनले जानकारी दिए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अहिलेसम्म संघले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामीसहित ४१ नेपालीको उद्धार गरि स्वदेश पठाइसकेको जनाएको छ ।

जसमध्ये १७ महिला र २४ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ३० बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला