भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला « Khabarhub

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजियाबाद (एएनआई)- कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस)को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ ।

तर यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेंलो ढुसीको सङ्क्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरेका छन् ।

त्यागीले भने, ‘बिरामीलाई पहेंलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण छ र हाल उक्त विरामीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’

विरामी ४५ बर्षीय संजय नगरका बासिन्दा भएको पनि स्वास्थ्य अधिकारीले जानकारी गराएका छन् ।

त्यागीका अनुसार ‘म्यूकोर सेप्टिकस’ (पहेंलो ढुसी) को लक्षणहरू निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वाभाविक कमी आउनु रहेको पाइएको छ ।

यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रियहरूले काम गर्न नसक्न हुने बताइएको छ ।

‘नेक्रोसिसको कारण सुनिएको आँखा वा जीवित तन्तुमा कोषहरूको काम नगर्ने (कोषहरूको मृत्यु) हुने देखिएको छ’ नाक, कान, घाँटी विशेषज्ञ त्यागीले बताए ।

“पहेंलो ढुसी एक घातक रोग हो किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्वपूर्ण छ । किनभने समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको निधानमा धेरै कठिनाई देखिएको छ । धेरै जसो उपचारमा ढिलाइ हुन्छ र यस रोगको लागि एक मात्र उपचार एम्फोटेरासिन–बी इन्जेक्शन हो,” उनले थपे ।

घरको चारैतिरको पर्खाल सफा गर्नु, यसलाई यथासक्दो सफा राख्नु र ब्याक्टेरिया र फङ्गसको बृद्धिलाई रोक्न मद्दत गर्नका लागि सकेसम्म चाँडो पूरानो खाना वा फोहोर आदिलाई समयमै व्यवस्थापन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।

घरको आर्द्रता पनि ढुसी सङ्क्रमणबाट बच्न महत्वपूर्ण छ त्यसैले यसलाई जहिले पनि मापन गर्नुपर्दछ । धेरै आर्द्रताले ब्याक्टेरिया तथा ढुसीलाई बृद्धि गर्न सक्छ । कोभिड बिरामीहरूको लागि यो उपचार चाँडै अपनाउनु अझ बढी महत्वपूर्ण छ ।

कालो, सेतो तथा पहेँलो ढुसी सङ्क्रमित बिरामीको रेखदेखकर्ताका अनुसार बिरामीको दुई महिनादेखि कोभिड–१९ को उपचार चलिरहेको थियो ।

उनको स्वास्थ्यमा सुधार भइरहेको देखिन्थ्यो तर पछिल्लो चार दिनमा बिरामीको अनुहारको एकपट्टि फुल्न थाल्यो जसले गर्दा विरामीको आँखा बन्द (खोल्न नसक्ने) भएको, नाकबाट रगत बग्नुका साथै पिशाबमा रक्तस्राव पनि सुरु भएको थियो । त्सपछि बिरामीलाई अस्पतालमा भर्ना गर्दा मेडिकल परीक्षणबाट पहेंलो ढुसी सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ६ : ४० बजे

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र