कपिलवस्तु- कपिलवस्तुमा गत बुधवार गोली लागेर घाइते भएका माओबादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ ।
युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार सम्भव नभए पछि उनलाई सोमबार साँझ हेलिकप्टर मार्फत काठमाडौँ लगिएको थियो ।
काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
पाण्डेयलाई गोली हानेको आरोपमा समाजबादी बिद्यार्थी फोरमका लुम्बिनी प्रदेश अध्यक्ष ओम प्रकाश यादवसहित २ जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया