संक्रमितको शव व्यवस्थापनमा स्काउटले सघाउने « Khabarhub

संक्रमितको शव व्यवस्थापनमा स्काउटले सघाउने



झापा- कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नेपाली सेनाले मात्र नभ्याउने अवस्था आएपछि पूर्वी नेपालमा स्काउटमा आवद्ध युवाहरुलाई खटाइने भएको छ ।

यसका लागि नेपाली सेनाले युवाहरुलाई तालिम दिन थालेको छ । झापाका युवाहरुलाई नेपाली सेनाले कोरोना संक्रमितको शव कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा तालिम दिएको छ ।

सबै ठाउँमा संक्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मे हम्मे परिरहेको कारण स्वयंसेवाका क्षेत्रमा क्रियाशील स्काउटरहरुलाई प्रशिक्षण दिइएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताए ।

उनका अनुसार १२ जेठ  सम्म भद्रपुरमा सञ्चालन हुने सो तालिममा झापाका १७ जना स्काउटर सहभागी छन ।

देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै संक्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई तालिम दिन शुरू गरिएको हो ।

नेपाल स्काउट प्रदेश नं १ को तदर्थ समितिले नेपाली सेनासंगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन गरिरहेको पौडेलले बताए ।

सो तालिमको उदघाटनमा नेपाल स्काउटका १ नं प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको प्रमुख आतिथ्य रहेको थियो भने नेपाली सेना २१ नम्बर बाहिनी अड्डाका बाहिनी पति सहायक रथी विजय थापाको विशिष्ट आतिथ्य र श्री नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी अमर जङ्ग थापाको आतिथ्य रहेको थियो ।

जाँगरसँगै जिज्ञासा

कोरोना संक्रमितको शव व्यवस्थापनको तालिम लिन आएका युवाहरुमा भने जाँगरसँगै अनेक जिज्ञासा पनि रहेको पाईएको छ । शवलाई कसरी लिने, समाउने, घाट सम्म पुर्‍याउने र आफू कसरी सुरक्षित रहने भन्नेमा उनीहरुका जिज्ञासा रहने गरेका छन् ।

संसार नै महामारीका कारण आक्रान्त भएका बेला नेपाल सरकार तथा नेपाली सेनालाई साथ दिन आफूहरु तयार रहेको भए पनि सुरक्षाका बारेमा चिन्ता रहेको उनीहरुको भनाइ थियो ।

नेपाली सेनाका तर्फबाट श्री नयाँ श्रीनाथ गणका गणपति अमर जङ्ग थापाले सीसीएमसी, डीसीएमसी, स्थानीय सरकार तथा विभिन्न संघ संस्थाको भूमिकाबारे प्रष्ट पार्दै प्रशिक्षार्थीहरूसँग सल्लाह, सुझाव लिँदै सहभागीहरुका जिज्ञासा समाधान गरेका थिए ।

नेपाली सेनाको तर्फबाट प्रशिक्षक लेफ्टिनेन्ट डाक्टर समीर पुडासैनीले कोरोनाको बारेमा प्रस्ट पार्दै शव व्यवस्थापनमा ध्यान पुराउनु पर्ने प्राथमिक तथा गहन विषयहरूमा प्रकाश पारेका थिए । तालिमभर प्रशिक्षणमा रहेका प्रशिक्षार्थीलाई सीमित सुरक्षित स्थान मा विशेष अनुशासन पालनाका साथ राखिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : ५५ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर