हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको थियो । उनकी तीन बर्षीया छोरी दिपिका वि.क. गम्भीर घाइते भएकी थिइन् ।

सोमबार साँझ घरबाहिर रहेको समयमा हात्तीले आक्रमण गर्दा आमाको घटनास्थलमै र छोरीको गम्भीर घाइते अवस्थामा उपचार गर्दागर्दै मृत्यु भएको बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ का वडाध्यक्ष दयाराम थारुले नेपाल प्रेसलाई जानकारी दिए ।

गर्मीका कारण घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजेतिर हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते दीपिकालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएकोमा मंगलबार बिहान १० बजे मृत्यु भएको वडाध्यक्ष थारुले बताए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १ : ४५ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय