रुकुम पूर्वमा यार्सा सङ्कलनमा रोक « Khabarhub

रुकुम पूर्वमा यार्सा सङ्कलनमा रोक


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

रुकुम (पूर्व)सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको उनले बताए ।

कोरोना महामारीकै कारण गत वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाइएको थियो । कोरोनाबाट बच्न भन्दै यार्सा सङ्कलनमा रोक लगाइरहँदा यसबाट जिविकोपार्जन गर्दै आएकाको भने रोजिरोेटि खोसिएको छ । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका–१ र २ नम्बर वडाका बुकी पाटनमा यार्सा पाइँने गर्दछ । प्रत्येक वर्षको जेठको दोस्रो हप्ताबाट शुरु भएर असारको दोस्रो हप्तासम्म चल्ने गरेको यार्सा सिजन गत वर्ष र यस वर्ष भने ठप्पै छ ।

डिभिजन वन कार्यालय रुकुम (पूर्व)ले भने रोक लगाउनुभन्दा अगाडि नै केही परिमाण यार्सा सङ्कलनको पुर्जी दिइसकेको छ । दुई साता अगाडि नै सात किलोको सङ्कलन पुर्जी दिएको वन कार्यालयका सहायक वन अधिकृत सूर्य मैनालीले जानकारी दिए ।

त्यो भन्दा पछाडि कसैलाई पनि यार्सा सङ्कलन पुर्जी नदिएको मैनालीले बताए । गत वर्ष र यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउँदा विशेष गरी पुथाउत्तरगङ्गा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ३ : ४२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा