प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको पूर्वसभामुखहरुको निष्कर्ष « Khabarhub

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको पूर्वसभामुखहरुको निष्कर्ष


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन जनताप्रति उत्तरदायी कदम नभएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भएको र यो पूर्णत असंवैधानिकका साथै जनताप्रति उत्तरदायी कदम नभएको बताएका हुन् ।

पूर्व सभामुखहरूले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दालाई प्राथमिकताका साथ छिटो टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखेका छन् ।

बैठकपछि कांग्रेसका बरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले अहिले मुलुक कोरोना महामारी र राजनीतिक रुपमा संकटमा रहेका बेला प्रतिनिधिसभा विघटन हुनु दुर्भाग्य भएको बताए ।

उनले सबै विवादको समाधान संसदबाटै खोज्नुपर्ने बेला आदालत जानुपरेको जिकिर गरे । पौडेलले सदनबाटै राजनीतिक निकास आउनुपर्ने र जनताको अस्तित्व सदनमाथि कसैले खेलवाड गर्न नहुने निष्कर्ष निकालिएको जानकारी दिए ।

अहिलको अवस्था चुनाव गर्नु भनेको जनतामाथि विपत्ति बर्साउने विषय बाहेक अरु केही नभएको तर्क गरे । उनले अहिले सदन नरहेको अवस्थामा अध्यादेशबाट जेष्ठ १५ गते नै बजेट ल्याउनुपर्छ भन्ने अवस्था नरहेको जिकिर गरे ।

त्यस्तै पूर्व सभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको जानकारी दिइन् । उनले अहिलेको विषम परिस्थितिमा संकटको निकास र सभामुखको भूमिका के हुनसक्छ भनेर छलफल भएको बताइन् ।

घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक र जनमतलाई अपमान गर्ने किसिमले भएको जिकिर गरिन् ।

छलफलका क्रममा सभामुख सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार हुने बताएका थिए । सभामुख सापकोटाले आयोजना गरेको छलफलमा ४ जना पूर्व सभामुख सहभागी भएका थिए भने पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने बैठकमा सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : ०१ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३