शेयर बजार नेप्से ६.५ अंकले घट्यो, ११ अर्ब बराबरको कारोबार « Khabarhub

शेयर बजार नेप्से ६.५ अंकले घट्यो, ११ अर्ब बराबरको कारोबार


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार नेप्से मंगलबार (आज) ६.५ अंकले घटेर २८ सय १६ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज बैकिङ समूहको शेयर साढे २५ अंकले घटेको छ । यस्तै होटल समूहको २८ अंकले, फाइनान्सको झण्डै दुई अंकले, उत्पादनको साढे २२ अंकले र अन्य समूहको शेयर २९ अंकले घटेको छ । व्यापार, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय १९ कम्पनीका दुई करोड ३४ लाख कित्ता शेयर ११ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार कारोबार भएको छ ।
आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै झण्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वरुण हाइड्रो, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ४.५१ अङ्कले घटेर ५०३.९९ बिन्दुमा झरेको छ । आजको कारोबारमा हाइड्रोपावर र बीमा समूह चम्किँदा परिसूचकमा गिरावट आए पनि कारोबार रकममा खासै ठूलो असर परेको छैन ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ५ : ३० बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा