सर्वोच्चमा रिट दायरपछि आगामी रणनीतिका विषयमा विपक्षी गठबन्धनमा छलफल « Khabarhub

सर्वोच्चमा रिट दायरपछि आगामी रणनीतिका विषयमा विपक्षी गठबन्धनमा छलफल

कानुनविदहरू पनि बैठकमा सहभागी


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनका शीर्ष नेताहरू बीचमा आगामी रणनीति तय गर्ने विषयमा छलफल भएको छ ।

संसद पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर भएको भोलि पल्ट मंगलबार शीर्ष नेताहरुसँगै कानूनविदहरूलाई समेत राखेर बैठक बसेको हो ।

बैठकमा रिट दायरपछिको रणनीतिका विषयमा छलफल केन्द्रित भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले भने, ‘आजको छलफलमा अब कानुनी लडाईं कसरी लड्ने र अब कसरी अगाडि बड्ने भन्ने विषयमा छलफल भएको हो ।’

छलफलमा सर्वोच्चमा दायर भएको रिटमा कतिपय सांसदहरूको ठेगानामा त्रुटि भएको र त्यसलाई सच्याउने लगायतका बारेमा छलफल भएको नेता लेखकले जानकारी दिए । बैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमिलेका ठेगाना मिलाउने विषयमा प्राविधिक छलफल भएको बताए ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सचेतक पुष्पा भुसाल, रमेश लेखक, राधेश्याम अधिकारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सचेतक देवप्रसाद गुरुङ, नेकपा एमालेबाट कारवाहीमा परेका माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागी थिए । बैठकमा अधिवक्ता मुक्ति प्रधान समेत सहभागी थिए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ४ : ४९ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय