सर्वोच्चमा रिट दायरपछि आगामी रणनीतिका विषयमा विपक्षी गठबन्धनमा छलफल | Khabarhub Khabarhub

सर्वोच्चमा रिट दायरपछि आगामी रणनीतिका विषयमा विपक्षी गठबन्धनमा छलफल

कानुनविदहरू पनि बैठकमा सहभागी


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनका शीर्ष नेताहरू बीचमा आगामी रणनीति तय गर्ने विषयमा छलफल भएको छ ।

संसद पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर भएको भोलि पल्ट मंगलबार शीर्ष नेताहरुसँगै कानूनविदहरूलाई समेत राखेर बैठक बसेको हो ।

बैठकमा रिट दायरपछिको रणनीतिका विषयमा छलफल केन्द्रित भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले भने, ‘आजको छलफलमा अब कानुनी लडाईं कसरी लड्ने र अब कसरी अगाडि बड्ने भन्ने विषयमा छलफल भएको हो ।’

छलफलमा सर्वोच्चमा दायर भएको रिटमा कतिपय सांसदहरूको ठेगानामा त्रुटि भएको र त्यसलाई सच्याउने लगायतका बारेमा छलफल भएको नेता लेखकले जानकारी दिए । बैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमिलेका ठेगाना मिलाउने विषयमा प्राविधिक छलफल भएको बताए ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सचेतक पुष्पा भुसाल, रमेश लेखक, राधेश्याम अधिकारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सचेतक देवप्रसाद गुरुङ, नेकपा एमालेबाट कारवाहीमा परेका माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागी थिए । बैठकमा अधिवक्ता मुक्ति प्रधान समेत सहभागी थिए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ४ : ४९ बजे

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता