कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापनमा महिला सैनिक परिचालन « Khabarhub

कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापनमा महिला सैनिक परिचालन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा महिला सैनिक खटिएका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका बागचौर नगरपालिका ७ का ६८ वर्षीय पुरुषको शव व्यवस्थापन महिला सैनिकको टिमले गरेको हो ।

सल्यानमा अवस्थित सबुज गणमा कार्यरत सहसेनानी श्वेता पौडेलको नेतृत्वमा शव व्यवस्थापनमा महिला सैनिक टोली खटिएको थियो । जिल्लामा सङ्क्रमित मृतकका शव व्यवस्थापनमा पहिलो पटक महिला सैनिक खटिएको गणले जनाएको छ ।

गणपति कञ्चनकृष्ण बस्नेतले सैनिक नियम अनुसार शव व्यवस्थापनमा तालिम दिएर महिला सैनिक परिचालन गरेको जानकारी दिए । सोही गणले शारदा नगरपालिकाको आर्थिक सहयोगमा २५ शय्याको आइसोलेशन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : ४५ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३