संसद विघटनविरुद्धका रिटमा बिहीबार र शुक्रबार सुनुवाइ « Khabarhub

संसद विघटनविरुद्धका रिटमा बिहीबार र शुक्रबार सुनुवाइ


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा परेका रिटको पेशी तोकेको छ ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार रिटमध्ये अन्तरिम आदेश माग भएका १९ रिटको सुनुवाइ १३ गते बिहीबारलाई तोकिएको छ । त्यस्तै संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ १४ गते शुक्रबारलाई तोकिएको छ ।

संसद विघटनविरुद्ध सर्वोच्चमा ३० रिट निवेदन दर्ता भएका छन् । ती रिटमध्ये अन्तरिम आदेश माग भएका १९ र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिट रहेका छन् ।

अधिकांश रिटमा प्रतिनिधिसभा पुन:स्थापनाको माग गरिएका छन् भने केही प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहने र समयमै निर्वाचन माग गरिएका रिट रहेका सर्वोच्चले जनाएको छ । सुनुवाइको ईजलास भने सम्बन्धित दिन नै तोकिने सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ५ : ४३ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय