एकै देशमा दुई राहदानी ! « Khabarhub

एकै देशमा दुई राहदानी !


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केही यस्ता अनौठा नियम कानुन र जीवनशैली छन् जसका बारेमा थाहा पाएपछि हामी अचम्मित हुने गर्दछौ ।

१. दुई राहादानी
नेपालमा राहदानीले अधिकाशं सरकारी काम हुने गर्दछ । अझ घरेलू उडानकालागि त राहदानी चाहिदाँ पनि चाहिँदैन । भारत बाहेको विदेश जानु पर्याे भने मात्र यो चाहिन्छ । तर रूसमा भने घरेलू यात्रामा पनि राहदानी चाहिन्छ । रुसमा देशभित्र एउटा र बाहिर अर्काे राहदानी बोक्नुपर्ने नियम छ ।

२. सडकको नाम
नेपालमा लगभग सबै सडकको नाम छ । त्यो पनि अधिकाशं सडकको नाम व्यक्तिको नाममा छ । तर विदेशमा सडकको नाम व्यक्तिको नामबाट कमै राखिन्छ । कोस्टारिका नामक देशमा सडकको नाम नै छैन । त्यहा सिमा चिन्ह (ल्याण्डमार्क)को प्रयोग गरीन्छ ।

३. मास्कको प्रयोग
कोरोना भाइरसको महामारी आएपछि पुरै विश्वले मास्कको प्रयोग गर्न थालेको छ । तर विश्वमा केही यस्ता देश थिए जो यस अघि नै मास्कको प्रयोग गर्दथे । दक्षिण कोरीया यस्तो देश हो जहाँ रुखाखोकि लागेमा अरुको सुरक्षाकालागि मास्क लगाउने चलन छ ।

४. पढ्नै नसकिने ठाँउको नाम
विश्वमा केही यस्ता ठाँउ छन् जसको नाम सजिलै पढ्न सकिन्छ । तर एउटा यस्तो ठाँउ छ जसको नाम उच्चारण गर्न जो कोहिले सक्दैनन् । न्यूजल्याण्डमा यस्तै एक स्थान छ, जसको लामो नामका कारण यसलाई पढ्न सकिदैन । अंग्रेजीका ८५ अक्षर मिलेर बनेको यो स्थानको नाम पढ्ने कोशिस गर्नुस् त ।

५. कपडा सुकाउन घर बाहिर बासको डण्डा
हामी कहाँ कपडा सुकाउन घरको छत वा भुइमा टागेर सुकाउने गरिन्छ । यसकालागि जूट वा प्लास्टिकको डोरी वा तार बाध्ने गरीन्छ । तर सिंगापुरमा भने कपडा सुकाउन घर बाहिर बाँसको डण्डा राख्ने चलन छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : १० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक