नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो « Khabarhub

नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ ।

जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो ।

राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नो शरीर अर्पण गरेको स्मरणमा यो जात्रा मनाउने गरिएको नगरप्रमुख कुन्साङ लामाले बताए । त्यसलाई त्याग र करुणाको अर्थमा लिने गरिएको छ ।

उनका अनुसार कात्तिक पूर्णिमाको धार्मिक मेलालाई लक्षित गरी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । जात्रामा सहभागी भक्तजनको सहजताका लागि नगरपालिका, स्थानीय गुठी तथा सुरक्षा निकायले आवश्यक व्यवस्थापन गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १० : ५४ बजे

नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

काभ्रे– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज

हावाहुरीले अन्नपूर्णको जनजीवन प्रभावित

म्याग्दी– सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै

कास्कीको रिभानस्थित मैँचे डाँडामा सहिद पार्क निर्माण

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत

अयोध्या–जनकपुरधाम ‘सरयू–कमला एक्सप्रेस’ स्वागतको भव्य तयारी (तस्बिर)

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला

विदेशको पढाइ, स्वदेशकै कर्म : आँखा स्वास्थ्य र सामुदायिक विकासमा सक्रिय पासाङ शेर्पा

काठमाडौँ – भोजपुरको दुर्गम गाउँ किमालुङबाट सुरु भएको शैक्षिक यात्रा,