के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने ? « Khabarhub

के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने ?


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भगवान शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस मन्त्रको जपद्धारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठुलाठुला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ ।

महामृत्युन्जय मन्त्रको महत्व
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।

किन जप्ने महामृत्युञ्जय मन्त्र ?
१. देवादिदेव महादेवको सबैभन्दा शक्तिशाली मन्त्र भएकाले यसको जपले जीवनका कैयौं समस्या, बाधा निवारण हुनुका साथै आयू वृद्धि हुने धार्मीक विश्वास छ ।
२. यस मन्त्रको जप गर्दा भगवान शिवसमेत प्रसन्न भएकाले कुडलीमा गम्भीर रोग, दुर्घटना वा अकाल मृत्युको योग भए सो समेत टर्ने विश्वास गरिन्छ ।
३. कसैको मनमा कुनै डर वा भय भएमा दैनिक १०८ पटक महामृत्युन्जय मन्त्रको जप गरेमा मन शान्त हुने र सबै डर निवारण हुने विश्वास गरिन्छ ।

कसरी जप्ने ?
१. यसकालागि दैनिक नुहाए पश्चात रुद्राक्ष मालामा १०८ पटक यस मन्त्रको जप गर्नुपर्ने मान्यता छ ।
२. महामृत्युन्जय मन्त्रको जप सोमवार वा प्रदोषका दिन गरेमा विशेष लाभ मिल्ने धार्मीक मान्यता छ ।
३. यो मन्त्र जप गर्दा रुद्राक्ष मालाद्धारा गरेमा बढि लाभ मिल्दछ । अन्यथा संख्याहीन जप गर्दा फल प्राप्त नहुने धार्मीक विश्वास छ ।
४. यो मन्त्र जप गर्दा शिवको प्रतिमा, तस्वीर, शिवलिंग वा महामृत्युन्जय यन्त्र सामुन्नेमा राख्नु पर्दछ ।
५. जप गर्दा हाइ काढ्न, आलस्य गर्न र मन डुलाउनु हुदैँन ।
६. मन्त्र जप गर्दा कसैसंग पनि कुरा गर्नु हुदैँन ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : २५ बजे

नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिममा 

काठमाडौं– नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको

डेब्यू फिल्म ‘कुमारी’को प्रतिक्रिया लिन हलमा अबिषेक र आकृतिको दौडधुप

काठमाडौं – प्रदर्शनरत फिल्म ‘कुमारी’का नायक अबिषेक खड्का र नायिका

सरकारले तेस्रो पटक थप्यो जाँचबुझ आयोगको म्याद

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

जर्मन युनियनको आग्रह : स्वदेशी लडाकू जेट विकास गर्नुपर्ने

एजेन्सी– फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त युरोपेली युद्धक विमान परियोजनामा

धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक

काठमाडौं – धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक पुगेको