ब्राउनसुगरसहित काँकडभिट्टाबाट एक जना पक्राउ « Khabarhub

ब्राउनसुगरसहित काँकडभिट्टाबाट एक जना पक्राउ


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको काँकडभिट्टाबाट ३९ ग्राम लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले मेचीनगर–५ पीपलचोकबाट २९ वर्षीय रामबहादुर निरौलालाई बिहीबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईका अनुसार संका लागेर चेकजाँच गर्दा उनको साथबाट ३९ ग्राम ब्राउनसुगर फेला परेको हो। उनका साथबाट प्रहरीले नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु पनि बरामद गरेको छ ।

उनलाई अहिले लागुऔषध सम्बन्धी कसुरको मुद्दामा हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : ०८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु