अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता « Khabarhub

अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन्।

एक जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै जना भग्नावशेषभित्र पुरिएको ठानिएको छ।

हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका छन्। मायामीका मेयरले सङ्घीय सहयोगका लागि अनुरोध गरेका छन्।

भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको थियो।

मायामी डेडकी मेयर डेनीयला लेभिन-काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्।

सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्।

पाराग्वेकी प्रथम महिलाका आफन्तहरू पनि हराउने मध्येमा छन्।

उद्धारकर्ताहरूले प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान अनि एक जना घरेलु कामदारको अवस्था पत्ता लगाउन सकिरहेका छैनन्।

भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो।

खोजीकार्य जारी रहँदा सानो आगलागी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन्।

फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए।

राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट सङ्कटकाल घोषणा आफूले कुरिरहेको र फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए। बीबीसीबाट

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ७ : ४५ बजे

सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र