कांग्रेसको पौडेल समूहले महाधिवेशन केन्द्रित छलफल गर्दै « Khabarhub

कांग्रेसको पौडेल समूहले महाधिवेशन केन्द्रित छलफल गर्दै


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्व दाबी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि सक्रियता बढेको छ । आफूनिकट केन्द्रीय सदस्यसहितका नेतालाई पौडेलले छलफलका लागि बोलाएका छन् ।

आज बिहीबार दिउँसो २ बजे वसुन्धारास्थित दियालो फुड ल्याण्डमा पौडेल पक्षीय नेतालाई बैठकमा बोलाइएको छ । वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार क्रियाशील सदस्यता र पार्टी महाधिवेशन विषयमा छलफलका लागि नेताहरूलाई बोलाइएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले भने १४औं महाधिवेशन विषयमा सातै प्रदेशका आफूनिकट नेतालाई भेट गरेर नेतृत्वमा भिड्ने सन्देश दिइसकेका छन् । कांग्रेसले १६ देखि १९ भदौसम्म महाधिवेशन गर्नेगरी केन्द्रीय समिति बैठकबाट कार्यतालिकासमेत अनुमोदन गरिसकेको छ ।

कार्यतालिका अनुमोदनसँगै नेताहरूले भेटघाट बढाउँदै लगेका छन् । कांग्रेसका हालका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि आफू अघि सर्ने भन्दै भेटघाट तीव्र बनाएका छन् ।

उनले गत सोमबार महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर ‘लञ्च’सहितको बैठक गरेका थिए । सोही दिन साँझ निधिले कांग्रेसका चन्द्र भण्डारी, गगन थापासहितका नौ यूवानेतालाई एक पार्टी प्यालेसमा बोलाएर नेतृत्वका लागि आफू अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ११ : ३२ बजे

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने