केकी लेख्छिन्–अन्तरहृदयबाट क्षमाप्रार्थी छु « Khabarhub

केकी लेख्छिन्–अन्तरहृदयबाट क्षमाप्रार्थी छु


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री तथा निर्मात्री केकी अधिकारी सामाजिक सञ्जालमा सक्रिय रहने सेलिब्रेटीमा पर्छिन् । उनी समय–समयमा समसामयिक राजनीतिकदेखि लिएर सामाजिक विषयबस्तुमा फेसबुकमा आफ्ना विचार सार्वजनिक गरिरहन्छिन् ।

यिनै केकीले शुक्रबार फेसबुकमा एक स्टाटस लेखिन् । उनको स्टाटसले नेपालमा सदियौंदेखि रहँदै आएको जातीय विभेदप्रति लक्षित थियो ।

‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबैभित्र दृश्य–अदृश्य रुपमा जकडिएको छ । आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफैं भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस्’, उनले लेखेकी छन् ।

उनले आफूबाट कहिँ कतै यस्ता खालका गल्ती भएको भए माफी दिन आग्रहसमेत गरेकी छन् ।

‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको ब्यवहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर(ठेस)का लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु,’ उनले लेखेकी छन् ।

केही समयअघिमात्र ‘जात’कै कारण कोठा नपाएको भन्दै रुपा सुनारले प्रहरीमा उजुरी दिएपछि सामाजिक सञ्जालदेखि अन्य क्षेत्रमा यसले बहसको विषय पाएको थियो ।

उजुरी परेपछि आफूलाई कोठा नदिएको भनिएकी सरस्वती प्रधानलाई प्रहरीले नियन्त्रणमा लिए पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा उनी रिहा भएकी थिइन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : ४५ बजे

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख