महाकाली राजमार्ग अवरुद्ध « Khabarhub

महाकाली राजमार्ग अवरुद्ध


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– पहिराका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको हो ।

राजमार्ग अवरुद्ध हुँदा २० भन्दा बढी सवारी साधन रोकिएका प्रहरीले जनाएको छ । सवारी साधन रोकिँदा यात्रु बीच बाटामै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग सडक खुलाउने प्रयास भइरहेको केही घण्टाभित्रै सडक पुनः सञ्चालन हुने प्रहरीले जनाएको छ ।

उक्त ठाउँमा यसअघि पनि पहिरो खसेको थियो । यसअघि लगातारको वर्षाले गर्दा उक्त स्थानमा पहिरो खस्दा यही असार ५ गतेदेखि चारपटक राजमार्ग अवरुद्ध भइसकेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : ०५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु