त्रिविका आंशिक प्राध्यापकहरू फेरि आन्दोलित, अनलाइन कक्षा बन्द « Khabarhub

त्रिविका आंशिक प्राध्यापकहरू फेरि आन्दोलित, अनलाइन कक्षा बन्द


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले अनलाइन कक्षा बन्द गरेका छन् ।

गत वर्षको पुस २४ गते त्रिवि र आशिंक प्राध्यापक संघबीच भएको सहमति अनुसार सेवा सुविधा नपाएको भन्दै उनीहरूले अनलाइन कक्षा बन्द गरेका हुन् ।

त्रिवि आंशिक प्रध्यापक संघले शुक्रबार विज्ञप्ति जारी गर्दे त्रिविका आंगिक क्याम्पसहरूका अनलाइन कक्षा बन्द गर्ने जनाएको छ ।

त्रिविले पुस २४ गते आंशिक प्रध्यापकहरूलाई शिक्षण सहायक सरहको सेवा सुविधा उपलब्ध गराउने सम्झौता गरेपनि त्यसलाई हालसम्म कार्यान्वयन नगरेकोले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरिएको प्रध्यापक संघले जनाएको छ ।

उक्त सम्झौता कार्यान्वयमा नल्याउँदा सम्मको लागि अनलाइन कक्षा बन्द गरिएको र यसबाट विश्वविद्यालयलाई पर्न जाने क्षतिप्रति त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको पनि संघको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना महामारीका कारण भौतिक रुपमा कक्षा सञ्चालन हुन सक्ने सम्भावन नरहेकाले अहिले देशभरका विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन कक्षामार्फत विद्यार्थीको अध्ययनलाई अघि बढाई रहेका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : ५० बजे

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र