त्रिविका आंशिक प्राध्यापकहरू फेरि आन्दोलित, अनलाइन कक्षा बन्द | Khabarhub Khabarhub

त्रिविका आंशिक प्राध्यापकहरू फेरि आन्दोलित, अनलाइन कक्षा बन्द


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले अनलाइन कक्षा बन्द गरेका छन् ।

गत वर्षको पुस २४ गते त्रिवि र आशिंक प्राध्यापक संघबीच भएको सहमति अनुसार सेवा सुविधा नपाएको भन्दै उनीहरूले अनलाइन कक्षा बन्द गरेका हुन् ।

त्रिवि आंशिक प्रध्यापक संघले शुक्रबार विज्ञप्ति जारी गर्दे त्रिविका आंगिक क्याम्पसहरूका अनलाइन कक्षा बन्द गर्ने जनाएको छ ।

त्रिविले पुस २४ गते आंशिक प्रध्यापकहरूलाई शिक्षण सहायक सरहको सेवा सुविधा उपलब्ध गराउने सम्झौता गरेपनि त्यसलाई हालसम्म कार्यान्वयन नगरेकोले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरिएको प्रध्यापक संघले जनाएको छ ।

उक्त सम्झौता कार्यान्वयमा नल्याउँदा सम्मको लागि अनलाइन कक्षा बन्द गरिएको र यसबाट विश्वविद्यालयलाई पर्न जाने क्षतिप्रति त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको पनि संघको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना महामारीका कारण भौतिक रुपमा कक्षा सञ्चालन हुन सक्ने सम्भावन नरहेकाले अहिले देशभरका विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन कक्षामार्फत विद्यार्थीको अध्ययनलाई अघि बढाई रहेका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : ५० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र