वैदेशिक व्यापार : ११ महीनामा पौने १४ खर्ब आयात, १ खर्ब २१ अर्ब निर्यात « Khabarhub

वैदेशिक व्यापार : ११ महीनामा पौने १४ खर्ब आयात, १ खर्ब २१ अर्ब निर्यात

भटमासको प्रशोधित तेल सबैभन्दा धेरै निर्यात



काठमाडौँ– भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महीनामा पौने १४ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

विभागको तथ्याङ्कअनुसार गत वर्षको साउन महीनादेखि यसवर्षको जेठसम्ममा कुल १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

गत आर्थिक वर्षमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्याङ्कमा देखिन्छ ।

आयातको यो रकम गत वर्षको सोहीअवधिको तुलनामा २५.६७ प्रतिशतले बढी हो ।

यही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत वर्ष यही अवधिको तुलनामा ३७.७९ प्रतिशतले बढी हो ।

भटमासको प्रशोधित तेलको माग उच्च

११ महीनाको अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँको सामान निर्यात भएको छ ।

११ महीनामा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको देखिन्छ ।

यसअवधिमा ४२ अर्ब ३४ करोड रुपैयाँको २४ करोड ६३ लाख किलो भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब १२ करोड रुपैयाँको ७६ लाख किलो प्रशोधित तेल निर्यात भएको थियो ।

विश्वबजारमा अलैँचीको माग पनि उच्च देखिन्छ ।

चालु आर्थिक वर्षको ११ महिनमा ६ अर्ब ७० करोड रुपैयाँको ८४ लाख ८४ हजार किलो अलैँची निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४६ करोडको ४३ लाख किलो अलैँची निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको ११ महीनामा ७ अर्ब १६ करोडको सेन्थेटिक यार्न, ६ अर्ब ४७ करोडको ऊनी गलैँचा कार्पेट, ४ अर्ब ६२ करोडको तयारी कपडा, ३ अर्ब ७९ करोडको जुटको कपडा, ३ अर्ब ५३ करोडको चिया निर्यात भएको छ ।

त्यसैगरी, ३ अर्ब ८२ करोड रुपैयाँको फलफूलको जुस, ३ अर्ब ५६ करोडको जमोठको कपडा, २ अर्ब ९६ करोडको अन्य कपडा (ऊनी, सुती) निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

भटमासको कच्चा तेल आयातमा पनि दोब्बर

चालु आर्थिक वर्षको ११ महीनामा नेपालमा भटमासको कच्चा तेल गत वर्ष सोहीअवधिको तुलनामा दोब्बरले आयात भएको देखिन्छ ।

११ महीनामा ४५ अर्ब ५९ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।

गत आर्थिक वर्ष यही अवधिमा १६ अर्ब १६ करोडको आयात भएको तथ्याङ्कले देखाउछ ।

त्यस्तै चालु आर्थिक वर्षको ११ महीनामा ३४ अर्ब १४ करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ ।

गत वर्ष सोही अवधिमा १५ अर्ब ७४ करोड रुपैयाँको मोबाइल फोन आयात भएको थियो ।

एमएस वालेटको आयात गत आर्थिक वर्षको १० महीनामा ३७ अर्ब २७ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६५ अर्ब ३९ करोड रुपैयाँको आयात भएको छ ।

त्यस्तै डिजेल ७८ अर्ब २१ करोड, खाना पकाउने एलपी ग्यास ३३ अर्ब १५ करोड, तयारी कपडा ७ अर्ब ४५ करोड, चामल २६ अर्ब ४ करोड, पोलिथीन दाना २४ अर्ब ७० करोड र एच आर सिट २४ अर्ब १७ करोड रुपैयाँको आयात भएको छ ।

पौने ३ अर्ब बराबरको पेट्रोल आयात

११ महीनाको अवधिमा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ८८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थको आयात पनि धान्न नसक्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : ०८ बजे

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल