अंश विवादमा बाबुको हत्या « Khabarhub

अंश विवादमा बाबुको हत्या


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा छोराले बाबुको हत्या गरेको छ । अंश विवादमा छोराले बिहीबार राति बाबुको हत्या गरेका छन् ।

धनुषाधाम नगरपालिका– १ काशिपुर बस्ने ७० वर्षीय विशो यादवलाई आफ्नै कान्छो छोरा श्रीकृष्ण यादवले हत्या गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

विवाद भएपछि आक्रोसमा आएर छोरा श्रीकृष्णले मसला कुट्ने खलले प्रहार गरी बाबुको हत्या गरेको प्रहरीको दाबी छ ।

अंशबण्डा र अन्य घरायसी विवादका कारण घरमा निरन्तर झै घगडा तथा कुटपिट भइरहेको स्थानीयको भनाइ छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विशोका कान्छो छोरालाई पक्राउ गरेको छ ।

सोधपुछको क्रममा अपराध स्वीकार गरेपछि उनलाई घरबाटै पक्राउ गरिएको डिएसपी मिश्रले बताए ।

मृतक यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । मृतक यादवका तीन छोरा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : ३५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु