प्रधानन्यायाधीशले सोधे : प्रधानमन्त्रीको विश्वासको आधार संसदले हेर्ने कि राष्ट्रपतिले ? « Khabarhub

प्रधानन्यायाधीशले सोधे : प्रधानमन्त्रीको विश्वासको आधार संसदले हेर्ने कि राष्ट्रपतिले ?


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको संवैधानिक इजालसमा अधिवक्ता दीनमणि पोखरेलले प्रधानमन्त्री नियुक्तिका विषयमा को सांसद कता छ भनेर आधार पुष्टि गर्ने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटन गरेको र प्रतिनिधिसभाका तत्कालीन सदस्य शेरबहादुर देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विषयमा परेका रिटमा निवेदकका तर्फबाट बहस क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सोधेको प्रश्नमा अधिवक्ता पोखरेलले उक्त जिकिर गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले सोधेका थिए– ‘प्रधानमन्त्री दाबेदारको आधार हेर्ने कहाँ हो, राष्ट्रपति कि संसदमा ?’

पोखरेलले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न १४९ जनाले गरेको हस्ताक्षर नै मुख्य आधार हुने जिकिर गरे । यसमा विश्वास नलागे राष्ट्रपतिले संसदमा पठाइदिनुपर्ने उनको जिकिर थियो । म सक्दिनँ भनेको व्यक्तिको दाबी देखाएर अर्को दाबी अस्वीकार गर्नु राष्ट्रपतिका लागि शोभनीय नभएको उनको भनाइ थियो ।

अधिवक्ता पोखरेलले मुलुकलाई जसरी पनि आफ्नै प्रधानमन्त्रित्वमा चुनावमा लैजाने ओलीको चाहनाअनुसार राष्ट्रपतिले कदम चालेको तर्क गरे ।

प्रधानन्यायाधीश राणाले प्रधानमन्त्रीले मलाई प्रतिनिधिसभाको विश्वास छैन भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय भन्ने प्रश्न पनि गरेका थिए । पोखरेलले संसदबाहेक अन्यत्र प्रधानमन्त्रीबारे कुनै पनि परीक्षण हुन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : २५ बजे

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ– आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको

रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले सहकारीका बचतकर्ताको रकम फिर्ता

इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल–अक्सामा ६० हजार मानिसहरू भेला

एजेन्सी– इजरायली दमन र कडा प्रतिवन्धका बावजुद अल–अक्सा मस्जिद र

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब