नेपाललाई इटालीद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

नेपाललाई इटालीद्वारा स्वास्थ्य सामग्री सहयोग


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्न युरोपेली मुलुक इटालीले नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको छ ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले उक्त स्वास्थ्य उपकरण तथा सामग्री नेपाललाई उपलब्ध गराएको हो ।

आज शुक्रबार नेपाल आइपुगेको ती उपकरण तथा सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुलर प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् छन् ।

टिम युरोप मर्मलाई आत्मसाथ गर्दै जर्मनी र फ्रान्सका राजदूतहरू पनि उक्त समारोहमा उपस्थित थिए ।

“लामो समयदेखिको मित्र र साझेदारका रुपमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुले यस कठिन समयमा नेपाललाई यस्तो सहयोग प्रदान गरिरहेका छन् । यी स्वास्थ्य सामग्र्रीहरुले कोभिड फैलिनबाट रोक्न सहयोग पुर्‍याउने छ । यी सामग्रीहरु तथा जनस्वास्थ्यका उपायहरुले नेपालीहरुको अमूल्य जीवन बचाउँन मद्दत पुर्‍याउने छ”, नेपालका लागि युरोपियन युनियनकी राजदूत डेप्रेले भनिन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ५५ बजे

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र