हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त « Khabarhub

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् ।

करिब ८ वर्षदेखि हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नती गरिएको हो ।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको कम्पनीले जनाएको छ ।

‘हाम्रा आधिकारिक सम्पर्क व्यक्तिबाट नै कार्यालयका सम्पूर्ण कामहरु हुने र त्यसैअनुसार सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं,’ हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो पात्रोले आफूसँग आवद्ध समग्र साझेदार सञ्चार माध्यमहरुलाई सम्झौता नवीकरणका लागि सम्पर्क गरिदिनुहुन अनुरोध समेत गरेको छ ।

‘हाम्रो पात्रो सम्पूर्ण सञ्चारमाध्यमसँग सदा झै निरन्तर सहयोगको अपेक्षा गर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता समेत जनाउँदछौं ।’

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : ४९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु