सत्ता टिकाउन कसैँसँग अनुचित सम्झौता गरेको छैन : प्रधानमन्त्री « Khabarhub

सत्ता टिकाउन कसैँसँग अनुचित सम्झौता गरेको छैन : प्रधानमन्त्री


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारेका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पणमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानका विरुद्धको कदमको मात्र विरोध गरेको भन्दै सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारेका हुन् ।

नेपालका केही पूर्व प्रधानमन्त्रीहरु आफूलाई देशभक्त हुँ भनेर हिँड्ने तर विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गर्ने गरेको उनको आरोप छ । उनले नीति व्यवस्थापन (पोलिसी मेन्टेन) मा हात हाल्नुस् भनेर पूर्व प्रधानमन्त्रीले खुलेआम भन्ने गरेको जिकिर गरे ।

त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको भन्दै आक्रोश व्यक्त गरे । भुतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको उनको टिप्पणी छ । उनले राष्ट्रपतिलाई दिएको अधिकारमा सीमित रहेको भन्दै गणतन्त्र प्रतिको वैरभावका कारण राष्ट्रपतिविरुद्ध अनावश्यक टिकाटिप्पणी भएको हुनसक्ने बताए ।

राजनीतिलाई संसद र जनतामाझ नलगेर अदालतमा लाने प्रवृतिले राजनीतिलाई बिगारिरहेको उनले बताए । प्रधानमन्त्री ओलीले अदालतको निर्णय एकदिन अघि नै बाहिर आउने कुराले अदालतभित्र पनि सेटिङ भएको हुन सक्ने आशंका व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सालाई कसैले पनि मेटाउन नसक्ने धारणा राखे ।

उनले छिमेकी राष्ट्रसँग नेपालले समान व्यवहार गर्ने उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण गरेका थिए । त्यस्तै पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको तीन वर्षे कार्यकालमा सरकारको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा गरिएको सम्बोधन समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ६ : ३० बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति