९१५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

९१५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१५ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७१४ कोरोना संक्रमितको आईसीयूमा र २०१ को भेन्टिलेटरमा गरी कुल ९१५ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११४ जना आईसीयूमा र २८ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २६ आईसीयूमा र १ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४०९ जना आईसीयूमा र १३३ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६० जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा १२ जना आईसीयू र ६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १० : ३० बजे

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई

नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक

काठमाडौं– टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त सी७११०डब्ल्यूडीजी फ्रन्ट–लोड वासर

सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित

वीरगञ्ज– सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित

स्वास्थ्य मन्त्रालयद्वारा स्वर्ण प्राशन निर्देशिका स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वर्ण प्राशन निर्देशिका स्वीकृत गरेको

दुर्गा प्रसाईँले भने- छिटै राजनीतिक दल खोल्छु

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका