कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा असर गर्‍यो : मन्त्री नेम्वाङ | Khabarhub Khabarhub

कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा असर गर्‍यो : मन्त्री नेम्वाङ


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्‍याएको बताएका छन् ।

आज शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताए । विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उनले बताए ।

उनका अनुसार कतिपय ठाउँ सडक सञ्जालबाट सम्पर्कबिहिन नै बनेका छन् । सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको उनले भने । उनले भने, “कोभिडका कारण काममा बाधा पुग्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय लक्ष्य पूरा गर्न गाह्रो हुन्छ ।”

भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताए । गत ८ गते सर्वोच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनले बताए । गत पुस ५ मा विघटन भएको संसद् सर्वोच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उनले बताए । उनले भने, “संसद्बाट सरकार बन्न नसकेपछि संसद् बिघठन भएर नयाँ निर्वाचनको घोषणा भएको हो ।”

कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पुर्‍याएको मन्त्री नेम्वाङले बताए । सरकारले अहिले सडक, रेल, सिँचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको मन्त्री नेम्वाङले बताए । असल मनशायले काम गर्दा गल्ती नै भए पनि त्यो क्षमायोग्य हुने तर गलत नियतले गरेका काम दण्डनीय हुने उनको भनाइ छ। कर्मचारीले काम गर्दा कुनै गल्ती भए पछि हट्न नहुने उनको भनाइ छ । उनले भने, “मेरो बढुवामा पो असर गर्छ कि भन्ने सोचेर काम गर्न पछि हट्नुहुँदैन ।”

‘स्मार्ट सिटी’ अघि बढाउन आवश्यक

मन्त्री नेम्वाङले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ‘स्मार्ट सिटी’ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले काठमाडौँ उपत्यकामा ललितपुर एक ठाउँमा बाहेक अरु तीन ठाउँमा कार्यान्वयन गर्न सकिने देखिएको बताए ।

उनका अनुसार निजी बैङ्कले समेत ‘स्मार्ट सिटी’ कार्यान्वयनमा सहकार्य गर्न चासो देखाइरहेका छन् । मन्त्रालयले फुसको छाना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ । मन्त्रालयले हिमाली र पहाडी जिल्लालाई विभिन्न स्थान शहरीकरण गर्ने पनि कार्यक्षेत्रमा पार्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ३० बजे

जापानमा हथौडा आक्रमणमा परी आठ जना घाइते

एजेन्सी– जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी

समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ : एनपी साउद

राँझा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले

चिसो मौसममा यसरी स्वस्थ रहनुहोस्

काठमाडौं– उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका

जीपको ठक्करबाट ६० वर्षीय महिलाको मृत्यु

बाजुरा– जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको

वैदेशिक रोजगारी त्यागेर जुनार खेती, दोहोरो आम्दानी

मन्थली– रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनार खेतीतर्फ