धनुषाको पाँच पालिकाले निर्धारित समयमा ल्याउन सकेनन् बजेट « Khabarhub

धनुषाको पाँच पालिकाले निर्धारित समयमा ल्याउन सकेनन् बजेट


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन र सरकारी वित्तीय व्यवस्थापन ऐन, ०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ । तर, जिल्लाका पाँच पालिकाले निर्धारित समय बजेट ल्याउन नसकेको जिल्ला समन्व्य समिति धनुषाले जनाएको छ ।

निर्धारित समयमा गणेशमान चारनाथ, शहीद, कमला, जनकनन्दनी र धनौजी गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी १८ स्थानीय तह रहेको धनुषामा पाँच बाहेक अरू सबै पालिकाले बजेट ल्याइसकेका छन् ।

बजेट ल्याउन नसकेका पालिकाहरुमा आवश्यक तयारी नपुगेको हुनाले बजेट नल्याएको भन्दै अबको एक साताभित्र बजेट ल्याउने तयारी गरेका छन् । अधिकांश पालिकामा प्रमुख र उपप्रमुखबीचको विवाद, जनप्रतिनिधिको भागवाण्डा नमिल्दा र पुरानो हरहिसाबमा पार्दशिता नदेखिँदा जनप्रतिनिधिकै अवरोधका कारण बजेट ल्याउन ढिलाई भएको स्थानीय बताउँछन् ।

गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन नसकिएको बताए । पालिकाको आन्तरिक विवादका कारण समयमै बजेट ल्याउन नसकिएको भन्दै उनले छिट्टै बजेट ल्याइने दाबी गरे ।

यस्तै कमला नगरपालिकाका प्रमुख राम उदगार यादवले पनि जनप्रतिनिधिको असन्तुष्टिका कारण निर्धारित समयमा बजेट आउन नसकेको बताए । कार्यपालिका सदस्यहरूको असन्तुष्टि सम्बोधन गरी असारभित्रै बजेट ल्याइसक्ने उनले बताए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : १३ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक